बैशाख ८, २०७९
चाैतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिएका हुन् ।
आउँदो वैशाख ३० गते हुने निर्वाचनमा उनी फेरि मेयर पदमा पार्टीबाट सिफारिस भएका छन् । मेयर तामाङले फेरि निर्वाचनमा उठ्ने दाबी गरिरहेका छन् ।
निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस