२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सरकारले भन्यो : भारतमा कोरोना बढ्यो, संवेदनशील बन्‍नू

  • २०७९ बैशाख ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • बैशाख ८, २०७९

    चौतारा । सरकारले भारतमा कोरोाना संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

    संख्यात्मक रूपमा संक्रमण कम भए पनि जोखिम उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रले बताइन् ।

    सरकारले महामारी नियन्त्रण गर्न उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरिरहेको छ । कोभिडविरुद्धको खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने तथा खोप अभियानमा निरन्तर साथ दिने सबलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।

    बिहीबार विज्ञप्‍ति जारी भनिएको छ, ‘कोभिडविरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा पश्‍चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस