२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोकमा २ लाख ५५ हजार मतदाता, राष्ट्रिय मान्यता प्राप्त ६ दल

  • २०७९ बैशाख ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • वैशाख ७, २०७९

    चौतारा । आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोकमा ३१ मतदान केन्द्र थप भएका छन् । वैशाख ३० गते हुने निर्वाचनमा १ सय ४४ मतदान स्थलका ३ सय १६ मतदान केन्द्रमा मतदान हुने भएको हो ।

    गत निर्वाचनमा जिल्लाका १ सय ४४ मतदान स्थलका २ सय ८५ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा सबैभन्दा बढी मतदान केन्द्र चौतारा साँगाचोकगढी नगरपालिकामा रहने जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी विकाश रिजालले बताए ।

    नगरपालिकाका २० मतदान स्थलका ४८ मतदान केन्द्रमा चुनाव हुने उनले बताए। यस्तै, मेलम्ची नगरपालिकामा १४ मतदान स्थलका ४५ मतदान केन्द्र, बाह्रबिसे नगरपालिकामा १३ मतदान स्थलका २७ मतदान केन्द्र रहनेछ ।

    सिन्धुपाल्चोक जिल्लामा १ लाख ३२ हजार २१२ पुरुष र १ लाख २३ हजार ५ सय महिला गरी कुल २ लाख ५५ हजार ७१२ मतदाताले मतदान गर्न पाउनेछन् ।

    निर्वाचनका लागि सिन्धुपाल्चोकमा राष्ट्रिय मान्यता प्राप्त ६ दल मध्य ५ दल र अन्य १९ दल सहित २४ दलले दल दर्ता गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस