बैशाख ४, २०७९
चाैतारा । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो चुनावी नारा सार्वजनिक गरेको छ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचन लक्षित गर्दै प्रतिवद्धतामा समाजवादीले ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ उल्लेख गरेको छ।
एमाले विभाजन भएपछि माधव नेपालले गठन गरेको समाजवादी पहिलोपटक स्थानिय निर्वाचनमा सहभागी हुँदैछ।
सत्तारुढ गठबन्धनमा समेत सामेल भएको नेपालको दल आफ्नो प्रतिबद्धतामा लेखेको छ, ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ खानेपानी र सरसफाइजस्तो जनताको आधारभूत आवश्यक्ता पूरा गर्न…।’
अन्य राजनीतिक दलहरुले धमाधम चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। माओवादी केन्द्रले पनि यसअघि विभिन्न चुनावी नारा सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस