२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एमालेलाई उम्मेदवार छान्न सकस, टिकट नपाए पार्टी छाड्ने डर !

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित २ साल अघि
  • बैशाख ३, २०७९

    चौतारा । आसन्न स्थानीय तहको निर्वाचनको लागि सिन्धुपाल्चोकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई उम्मेदवार छान्न सकस परेको छ। विभाजनको सिकार बनेको एमालेले पनि उम्मेदवार छनोट प्रक्रिया टुंग्याउन मुस्किल परेको हो।

    आकांक्षी धेरै भएकाले उसलाई उम्मेदवार छान्न कठिन परेको छ। तल्लो कमिटीबाट छनोट भएर आएका आकांक्षीको नाम सिफारिस गरेर पार्टीको माथिल्लो निकायमा पठाइएको जिल्ला अध्यक्ष कमल नेपालले बताए।

    एमालेले भोटेकोसी गाउँपालिकाको उम्मेदवार टुंग्याएको छ। प्रमुखमा अमृतकुमार खड्का र उपप्रमुखमा सुन्तली लामा श्रेष्ठको नाम सर्वसम्मतले पारित गरेको हो।

    बाह्रबिसेमा हालका मेयर निम्फुन्जो शेर्पा र उपमेयर सुशीला पाख्रिनको नाम सिफारिस भए पनि अन्तिम टुंगो लागेको छैन। स्थानीय सरकारको आधा सत्ता जितेको एमाले विभाजनपछि कमजोर बनेको छ।

    आकांक्षीलाई सम्बोधन नगरी उम्मेदवार छनोट गर्दा पार्टी नै छोडेर एस वा अन्य पार्टीमा जान सक्ने भएकाले एमालेले उम्मेदवारको टुंगो नलगाएको हो।

    अन्य पालिकामा पनि उम्मेदवार चयन प्रक्रिया पेचिलो बनेको छ। सिन्धुपाल्चोकमा तीन दलीय गठबन्धनको निर्णयको पर्खाइले पनि एमालेले उम्मेदवार चयनमा ढिलाइ गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस