२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चौसाँगढीकाे मेयरमा ५ जनाको दाबी, गृहकार्यमा सुवाेध-शरद

  • २०७९ बैशाख ३, शनिबार मा प्रकाशित २ साल अघि
  • बैशाख ३, २०७९

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट नगर प्रमुखको लागि ५ जनाले दाबी प्रस्तुत गरेका छन् ।

    चौताराको मेयरमा मेयरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, जिल्ला संयोजक गोविन्द पराजुली, हालका नगर प्रमुख अमानसिं तामाङ, हालका उपप्रमुख जानुका पराजुली र युवा नेता श्यामसुन्दर श्रेष्ठले नगर प्रमुखमा दाबी गरिरहेका छन्।

    नगरप्रमुखको लागि ५ जनाले दाबी प्रस्तुत गरेको भएपनि ३ जनाको मात्रै नाम प्रदेशमा सिफारिस गर्न माओवादीले केन्द्रीय सर्कुलर जारी गरेको थियो।

    उम्मेदवारको सिफारिस केन्द्रिय सदस्य माधव सापकोटा र युवराज दुलाललाई जिम्मा दिइएको छ । उनीहरुले आउँदो बैशाख ५ गते सम्ममा प्रदेश कमिटिलाई ३ जना नगर प्रमुखको नाम सिफारिस गर्ने बताइएको छ।

    मेयरको टिकट हत्याउन ५ जनाले आआफ्नो तर्फबाट लबिङ गरिरहेका छन्। आकांक्षीहरुले आफ्नो अडानबाट ब्याक नभएकाले मेयरको उम्मेदवार चयनमा सकस परेको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीको राम्रो प्रभाव छ।

    त्यस्तै, नगरको उपप्रमुखमा नगर कमिटि कोषाध्यक्ष अस्मिता विकले मात्रै दाबी गरेकी छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस