२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

तालमेलको मोडालिटीबारे छलफल गर्न सिन्धुपाल्चोक कांग्रेसको वार्ता समिति

  • २०७८ चैत्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • चैत २३, २०७८

    चौतारा । सिन्धुपाल्चोक कांग्रेसले अन्य दलसँग स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल गर्न समिति बनाएको छ । मंगलबार चौतारामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुई वटा समिति बनाएको हो ।

    जिल्ला सभापति जगंबहादुर लामाले भने, ‘एउटा उच्च स्तरीय समिति छ, एउटा जिल्ला स्तरीय समिति छ।’

    उच्च स्तरीय समितिमा कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, पूर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पूर्व जिल्ला सभापति विकास लामा, जिल्ला सभापति लामा रहेका छन् ।

    यसैगरी जिल्ला स्तरीय नेताहरुसँग छलफल गर्न सभापति लामाको संयोजकत्वमा पदाधिकारीहरुसहित सभापतिका पतिस्पर्धी वंशलाल तामाङ समेत रहेका छन् । गठबन्धनका लागि सिन्धुपाल्चोक कांग्रेसले माओवादीसँग वार्ता पनि थालेको छ ।

    सोमबार भएको वार्तामा नेकपा माओवादीले सिन्धुपाल्चोकमा गठबन्धन भए ५० प्रतिशत हिस्सा माओवादीलाई दिनुपर्ने माग राखेको थियो । कांग्रेसबाट वार्तामा रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्र छलफल गरेर फेरि बस्ने बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस