२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

प्रतिगामी पक्षलाई आगामी निर्वाचन अग्निपरीक्षा हुन्छ : सभामुख

  • २०७८ चैत्र १४, सोमबार मा प्रकाशित २ साल अघि
  • चैत १४, २०७८

    चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिगामी तत्वहरूलाई अागामी निर्वाचन अग्नि परिक्षा भएको बताएका छन्।

    सोमबार गृह गाउँ  चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डे पुगेका सभामुखले भने, ‘प्रतिगमन अझै परास्त भएको छैन। केही प्रतिगामी पक्षहरूको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुन्छ।’

    अासन्न निर्वाचन यस अघिका सामान्य निर्वाचन जस्तो मात्र नभइ एउटा जनमत संग्रहकै रुपमा रहने उनले बताए ।

    नेपाली जनता संघीय लोकतान्त्रीक गणतन्त्रको   पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताए।

    आफूले केही समय अध्यापन समेत गरेकाे विद्यालयकाे अभिभावक भेलामा बाेल्दै सभामुख सापकाेटाले माओवादी जनयुद्धको क्रममा मारिएका सहितहरुकाे फाेटाेमा माल्यार्पण समेत गरेका थिए।

    माओवादी युद्धको उद्गम थलाेकाे रुपमा लिइने सिन्धुपाल्चोककाे कुविण्डेलाइ सहितहरुकाे गाउँकाे नामले पनि चिन्ने गरिन्छ ।

    चाैतारा साँगाचाेकगढी-४ मा निर्माण सम्पन्न भएकाे तिप्लिङ पुल उद्घाटन पश्चात् सभामुख सापकाेटा विद्यालयकाे कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र )का नेता कृष्णप्रसाद सापकाेटा ,माधव सापकाेटा , एकीकृत (समाजवादी)का नेता सुवास कर्माचार्य, चाैतारा साँगाचाेकगढी नगरपालिका मेयर अमानसिं तामाङ लगायतले मन्तव्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस