२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

निमाग्याल्जेनकाे रिटमाथि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  • २०७८ चैत्र ८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत ८, २०७८

    चाैतारा । स्थानीय तह निर्वाचनमा उम्मेदवार दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अदालतले आदेश दिएको छ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हालेको रिटमा सर्वोच्चले आचारसंहितको तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

    न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता चंैत १३ मा अन्तरिम आदेश छलफलको पेशी दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिनुपर्ने फैसला गरेको छ।

    आदेशमा भनिएको छ, ‘दुवै पक्षसँगको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय नहुँदासम्म सुविधा र सन्तुलन तथा विषयवस्तुको गम्भीरताको दृष्टिबाट निवेदकले माग गरे बमोजिम निर्वाचन आचार संहिता, २०७८ को दफा ३६ कार्यान्वयन नगर्नु, नगराउनु भनी विपक्षीका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को देहाय (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिई नियमानुसार गरी पेश गर्नुहोला।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस