२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

ओलीकाे दाबी : स्थानीय चुनावमा ७० प्रतिशत सिट जित्छौँ

  • २०७८ चैत्र १, मंगलबार मा प्रकाशित २ साल अघि
  • चैत १, २०७८

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले ७० प्रतिशत सिट जित्ने बताएका छन्।

    अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए। स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट जित्न सक्छौं, उनले भने, पालिका वा सिटका हिसाबले यति जित्नका लागि हामी एक्लै सक्षम छौं।’

    मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गरे।

    कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको भन्दै ओलीले नामका कम्युनिष्ट पार्टीले मात्रै केही नहुने बताए।

    ‘पाँच दल मात्रै लडून् कि ७ दल १० दल मिलेर लडून् भोटमा कुनै फरक पर्नेवाला छैन’, ओलीले भने, ‘म तराई झर्न सकेको छैन तर त्यहाँबाट विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बस चढेर काठमाडौं आइरहेका छन्, एमालेमा प्रवेश गर्ने लहर चलिरहेको छ।’

    अहिले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै ओलीले थपे, ‘कांग्रेस–कम्युनिष्ट होइन,परमादेशी, प्रतिगामी, कम्युनिष्ट विरोधी शक्ति र हामीले भनेको जनादेशको शक्ति हो।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस