चैत १, २०७८
चौतारा । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।
मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै आज मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए।
सोमबार मेलम्ची नगरपालिका ६ तालामाराङमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् सांसद शेर बहादुर तामाङले असार १ गते आएको बाढीबाट मक्त हुन ढिला भइसकेको बताए।
बाढी गएको लामो समय वित्तिसक्दा पनि सरकारले प्रभावितहरुको पुर्नस्थापनामा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए। बाढी गएका बेला सरकारमा आफुले प्रभावितरुहको उद्धार ,राहत र पुर्नस्थापनाका लागि जोडदार माग गरेको भएपनि अहिलेको सरकारले चासो नदिएको आरोप लगाए।
आफुले पटक पटक कुरा उठाउदा पनि सुनुवाई नहुनु दुखद् भएको बताए। स्थानीय सरकारको स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको भन्दै प्रदेश र केन्द्रिय सरकारले ध्यान नदिएको बताए।
प्रतिक्रिया दिनुहोस