फागुन २४, २०७८
चौतारा । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला सदस्यसहित तीन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार बिहान ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास, एमालेबाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरूलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।
प्रतिक्रिया दिनुहोस