२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एमाले छाडेका केदार क्षेत्री कांग्रेस प्रवेश गर्न लागेका हुन् ?

  • २०७८ फागुन २३, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन २३, २०७८

    चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा चलेको छ। नेकपा एमाले जिल्ला अध्यक्ष हुन नपाएपछि पार्टी छाडेका क्षेत्री कांग्रेस प्रवेश गर्ने चर्चा चलेको हो।

    पालिका अध्यक्ष क्षेत्रीसहित उनका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि कांग्रेस प्रवेश गर्ने बुझिएको छ।

    एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका थिए।

    एमाले छाडेपछि पालिका अध्यक्ष क्षेत्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने तयारीमा थिए। कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सांसदको टिकट दिने आश्वासन दिएपछि उनी कांग्रेसमा जान लागेको बताइन्छ।

    यसअघि पालिका अध्यक्ष क्षेत्र माधव नेपाल निटक मानिन्थे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस