२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एमसिसी समस्या समाधन गर्दा मलाई भिलेनको रूपमा लिइयो : प्रचण्ड

  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन १६, २०७८

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र लोकतन्त्रको रक्षाका लागि एमसिसीमा मध्यमार्गी बाटो खोजिएको बताएका छन्।

    एमसिसी अनुमोदन गर्ने पक्षमा उभिएपछि चौतर्फी विरोध भएपछि पत्रकार सम्मेलन गरेर प्रचण्डले भने, ‘संविधान र लोकतन्त्र नै खतरामा पर्ने देखिएपछि हामीले एमसिसीमा मध्यमार्गी बाटो खोजेको हौँ। एमसिसीको समस्या समाधान भएपछि अब गठबन्धन कायम रहन्छ। सरकार यही रहन्छ। अब हामी निर्वाचनको बाटोमा जाँदैछौँ।’

    उनले एमसिसी माओवादी केन्द्रको सरकार भएको बेलामा नै सुरु भएको प्रष्ट पारे। ‘हामीले नै एमसिसीमाथि छलफल सुरु गरेका थियौँ। पछिल्लो पटक नेकपा हाम्रो सरकार भएको बेलामा विवादमा आयो। केपी ओली एमसिसी संशोधनबिना नै पास गराउन चाहन्थे’ प्रचण्डले भने।

    संविधान र लोकतन्त्रमाथि नै घात हुने देखिएपछि राष्टिय सहमतिको प्रयास गरेको उनले बताए। एमसिसीकै कारणले गठबन्धन भत्किएर नयाँ समीकरण बन्ने खतरा बढेपछि आफूहरुले एमसिसीमा समाधानको विकल्प लिएको प्रष्टाए।

    प्रचण्डले भने, ‘जनतामा यतिधेरै विवाद भएको बेलामा राष्टिय सहमति खोजेका थियौँ। केपी ओलीलाई मनाउन म बालकोट जान तयारी थिए। तर, प्रधानमन्त्रीजी जाँदा पनि ओलीले मानेनन्। उहाँहरूले सभामुख र १४ सांसद हटाउनुपर्ने अडान राखिरहे। गठबन्धनमा दबाव बढ्दै गएपछि सहमति बनाएर सकारात्मक ढंगले अगाडि जान्छौँ भनेर पत्र लेखेका थियौँ। तर, मलाई भिलेनको रूपमा लिइयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस