फाल्गुन १४, २०७८
चौतारा । बन्चरो प्रहार गरी श्रीमती हत्या गर्ने बलेफी गाउँपालिका–१ का पैरे ठाँटीकुनाका बेलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही हरिवन नगरपालिका–४ माइती भएकी लक्ष्मी बस्नेत तामाङलाई बेल बहादुरले घरायसी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।
उपचारको लागि सदरमुकामस्थित चौतारा अस्पताल लैजाँदै गर्दा २८ वर्षीष लक्ष्मीको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनकाली जङ्गलमा लुकेर बसेको अवस्थामा प्रहरीले बेलबहादुरलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव निरीक्षक बस्नेतले बताउनुभयो । निज बेल बहादुर ज्यान मार्ने उद्योगमा २०७७ सालमा सञ्जाय भोगी ३५ हजार धरौटीमा कारगारबाट छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस