२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘कांग्रेस पनि सभामुखविरुद्ध उभिने भएपछि एमसिसी टेबल गर्न दियौँ’

  • २०७८ फागुन ११, बुधबार मा प्रकाशित २ साल अघि
  • फागुन ११, २०७८

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस पनि सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध उभिने भएपछि अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्न दिएको खुलाएका छन्।

    माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एमसिसीबारे हाम्रो धारणा स्पष्ट छ। हामी यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैनौँ। पार्टीले एमसिसीको विपक्षीमा उभिने निर्णय गरिसकेका छौँ। हामी अगाडि बढाउन नदिने अडान राखेपछि कांग्रेसले एमालेसँग मिलेर सभामुख विरुद्ध उभिने बताएपछि टेबल गर्न दिएका हौँ।’

    चुनावअघि नै एमसिसी रोक्न खोज्दा समेत नसकेको उनको भनाइ छ।

    प्रचण्डले भने, ‘एमसिसी पारित हुने अवस्था आए हामी सरकारमा बस्न सक्दैनौँ। पार्टीले पनि त्यो निर्णय त गरिसकेको छौँ। स्पष्ट हुनुस् हामी विपक्षमा छौँ।’

    एमसिसीलाई लिएर गठबन्धन टुटाउने प्रयास गरेको भएपनि आफूहरुले जोगाउने प्रयास गरिरहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस