फागुन ४, २०७८
चाैतारा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीकाे माग पूरा नभएसम्म संसद चल्न नदिने बताएका छन्।
आज सिन्धुपाल्चोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफ्नो पार्टीको माग पुरा नहुञ्जेल संसद चल्न नदिने र संसद नचलुञ्जेल संसदमा पेश हुने कुनै पनि विषयमा आधिकारीक धारणा सार्वजनिक नगर्ने बताएका हुन् ।
महासचिव पाेखरेलले भने, ‘एमसिसी संसदमा टेबुल भएपछि मात्रै एमालेको आधिकारीक धारणा सार्वजनिक गर्छ। अहिलेको गठबन्धन सरकारकै नेतृत्व भएको बेला यो सम्झौता भएकोले अहिलेको सरकारले नै यसको विषयमा जवाफ दिनुपर्छ।’
एमसिसीका विषयमा अहिलेसम्म सरकारको आधिकारीक धारणा सार्वजनिक नभएकोले सरकारको धारणा आएपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस