२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहको सुविधायुक्त भवन

  • २०७८ फागुन २, सोमबार मा प्रकाशित २ साल अघि
  • फाल्गुन २, २०७८

    चौतारा । सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन् ।

    इन्द्रावती गाउँपालिकाले छ करोड ५१ लाख रुपियाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा आकर्षक भवन निर्माण गरेको पालिकाका अध्यक्ष वशंलाल तामाङले जानकारी दिए ।

    पालिकाका १० वटा वडाको भवन निर्माण गरी सेवा दिन थालिएको छ ।

    चौतारा साँगचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले सात करोड रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण गरेको बताए । नगरका नौवटा वडाका भवन बनिसकेको छ ।

    मेलम्ची नगरपालिकाले सात करोड रुपियाँको लागतमा दुइटा प्रशासनिक भवन निर्माण गरेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । पालिकाका १३ वटा वडामध्ये सातवटा वडा कार्यालयका नयाँ भवन बनेका छन् ।

    यस्तै भोटेकोसी गाउँपालिकाले छ करोड रुपियाँको लागत तीनवटा वडा भवन निर्माण गरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस