माघ २६, २०७८
चौतारा । नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल चयन भएका छन्। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलको नेपाललाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो।
अध्यक्ष चयन भएका नेपाल १० बुँदे पक्षधरका हुन्। अध्यक्ष बनेका नेपाल पार्टी सचिव हुन् ।
उपाध्यक्ष रामचन्द्र बस्नेत, सचिव बिष्णुमणी आचार्य, उपसचिव चिरन तामाङ सर्वसम्मत चयन भएका छन्।
पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो। नेतृत्व चयनमा सकस भएपछि अधिवेशन स्थगित गरिएको थियो।
अध्यक्षमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षसमेत रहेका जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठ, बालकृष्ण देउजा र डोल्मा तामाङ अध्यक्ष केपी ओली पक्षधर बाट र १० बुँदे पक्षधर नेता कमल नेपाल र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले दाबी गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस