२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण थाल्नेबारे छलफल

  • २०७८ माघ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • माघ १७, २०७८

    चौतारा । गत असारमा आएको मेलम्ची बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण थाल्नेबारे छलफल भएको छ। सांसद शेरबहादुर तामाङको अध्यक्षतामा मेलम्ची र ईन्द्रावती क्षेत्रका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्बन्धमा सडक विभाग ललितपुरमा छलफल भएको हो।

    बैठकले हेलम्बु, मेलम्ची, पांँचपोखरी र ईन्द्रावती क्षेत्रमा गत असार १ गते र त्यसपछि आएका भीषण बाढिबाट ध्वस्त भएको मेलम्चीदेखि पाँचपोखरी, ईन्द्रावती, चौतारा जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटरपुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्की पुलहरु निर्माण प्रक्रिया थाल्ने निर्णय भएको छ।

    यस्तै, मेलम्ची हेलम्बु सडक, मेलम्ची भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न सडक विभागमार्फत छोटो विधिबाट कार्यान्वयन गराउने निर्णय समेत भएको छ। बाहुनेपाटीको पूललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशित भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए।

    बैठकमा उठेका बिषयवस्तुहरुलाई छिट्टै सडक विभागको तर्फबाट विभागले सम्बोधन गर्ने निर्णय भएकोले पूनःनिर्माणको काम छिट्टै सुरु हुने सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस