२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा ४५२ काेराेनाकाे सक्रिय संक्रमित, प्रशासनद्वारा कडाइ (पूर्णपाठसहित)

  • २०७८ माघ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • माघ १४, २०७८

    चाैतारा । सिन्धुपाल्चोक जिल्लामा काेराेनाकाे सक्रिय संक्रमितकाे संख्या ४५२ पुगेको छ। काेराेना संक्रमितकाे संख्या बढेपछि प्रशासनले कडाइ गरेकाे छ।


    प्रशासनले एक आदेश जारी गर्दै माघ १५ गते राती १२ बजेदेखि माघ २९ राती १२ बजेसम्मका लागि विभिन्न निर्देशन दिएको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गई सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्र रुपमा बढिरहेको हुँदा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले कडाइ गरेको हाे।

    आदेशानुसार २५ जनाभन्दा धेरै भेला हुने सभा, सम्मेलन तथा अन्य औपचारिक कार्यक्रम गर्न पाइने छैन । विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य भने स्वास्थ्य मापदण्ड सहित ५० जना भन्दा धेरै भेला नहुने गरी प्रमुख जिल्लाअधिकारीको अनुमति लिएर मात्रै गर्न पाइनेछ ।

    होटलमा आउने ग्राहक, सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रु तथा सामग्री खरिद गर्न आउने सेवाग्राहीले माक्स नलगाई आएमा उनीहरूलाई सम्बन्धित सेवा प्रदायकले नै बढीमा ५ रुपैयाँमा मास्क उपलब्ध गराउन निर्देशन दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस