२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सिन्धुपाल्चोकमा कति छन् कोरोना संक्रमित ? यस्तो छ नियन्त्रणको तयारी

  • २०७८ माघ १, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ १, २०७८

    चौतारा । सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नाकाहरुमा कडाइ गरेको छ। ३ दिनमै कोरोना संक्रिय संक्रमित १९ पुगेकोले जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्ने जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरेको हो।

    शुक्रबार बसेको बैठकले सबै जिल्लाबासीहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान गरेको छ।

    समुदायका जोखिम क्षेत्रहरु पहिचान गरी एन्टिजिन किटबाट परीक्षणको दायरा बढाउने समेत निर्देशन दिएको छ। संक्रमित व्यक्तिहरुका नजिकका सम्पर्क भएका व्यक्तिहरुको पहिचान गरी क्वारेण्टिन तथा परीक्षण गराउने आग्रह गरेको छ।

    खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने आग्रह गरेको छ। साथै, घरमै आइसोलेसनमा रहेका व्यक्तिहरुको उचित एवं मापदण्ड पालनामा निगरानी बढाउने निर्देश गरेको छ।

    एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था तथा संक्रमणको संभावनालाई मध्यनजर गर्दै विद्यालय संचालन पठन पाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचना बमोजिम गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

    निर्णयमा भनिएको छ, ‘सार्वजनिक सवारीबाट जिल्ला प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुले मास्क लगाए।नलगाएको चेकजाँच गरी मास्क लगाउन अनिवार्य गर्ने, गराउने । संभावित संक्रमण दरलाई मध्यनजर गरी सबै स्वास्थ्य केन्द्रहरुमा तथा आइसोलेसन सेन्टरहरुमा आवश्यक पूर्वतयारी गर्दै जाने ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस