पुस २७, २०७८
चाैतारा । काेराेना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरेको छ ।
मंगलबार आदेश जारी गर्दै प्रशासनले आगामी २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा (कार्यालय, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिङ विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने र खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन गरेको हो ।
त्यस्तै सार्वजनिक स्थलमा सबै प्रकारको राजनीतिक तथा धेरैजना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी एकै स्थानमा भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न समेत निर्देशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस