पुुस २६, २०७८
चाैतारा । दिनदहाडै सदरमुकामक्षेत्रबाट १ लाख नगत सहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका ४ जना पक्राउ परेका छन् । नगद सहित सुन चाेरीमा संलग्नलाई १३ दिन पछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकाम स्थित निजि निवासबाट गत पुस १२ गते १ लाख नगद सहित १३ ताेला सुन चाेरी भएकाे थियाे ।
घरमा काेहि नभएकाे माैका छाेपी दिउँसै घरमा चाेरी भएकाे थाहा पाउनासाथ पीडित श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दर्ता गराएका थिए ।
जाहेरी पाए लगत्तै पीडितकाे बयानकाे आधारमा प्रहरीले पीडित श्रेष्ठको घरमा डेरागरि बस्ने सुनकोसी गाउँपालिकाकी २० बर्षिय कञ्चन पराजुलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे थियाे ।
घटना घटेकाे १३ दिनपछि चाेरीमा संलग्न कञ्चन पाराजुली सहित इन्द्रावती गाउँपालिका- १० काे २४ बर्षिय मनिष सुन्दास, इन्द्रावती-९ भिमटारका २५ बर्षिय बुद्ध तामाङ र भिमटारकै २६ बर्षिय विक्कि भनिने अनिल तामाङ रहेकाे प्रहरीले जनाएकाे छ ।
पीडित श्रेष्ठकाे घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य ३ जना युवाहरुकाे सहयाेगमा चाेरी गरेकी हुन् । चाेरीकाे याेजनाकार पराजुली पीडित श्रेष्ठकाे छाेरीकाे सहपाठी पनि हुन् । आफुसँग रहेकाे घरकाे मुल ढाेकाकाे चाबी ती युवकहरुलाइ दिई कञ्चनले चाेर्नकाे लागि परिचालन गरेकाे अनुसन्धानकाे क्रममा देखिएकाे प्रहरीले जनाएकाे छ ।
चाेरीमा प्रयोग भएकाे एउटा माेटरसाइकल, ६ ताेला सुन, केही नक्कली सुन सहित चाेरीमा संलग्नलाइ प्रहरीले साेमबार सार्वजनिक गरेकाे हाे । बरामत गरिएकाे सुन स्वरुप बदलिएकाे पाइएकाे र पीडितले हराएकाे भनेजति सबै सुन नभेटिएकाले अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले जानकारी दिए ।
चाेरीमा अन्य व्यक्तिकाे पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान नसकिएकाे अधिकारीले बताए ।
आफ्नाे घनमाल चाेरीमा संलग्न व्यक्ति पक्राउ गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै पीडित श्रेष्ठकी श्रीमती गुणकेसरी श्रेष्ठले अनुसन्धान कार्यमा संलग्न अधिकारी सहित जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलाई खादा लगाएर सम्मान व्यक्त गरेकी थिइन्।
सिन्धुपाल्चोकमा चाेरी डकैती र अपराधिक घटनामा संलग्न व्यक्तहरुलाई श्रीङ्खलाबद्ध रुपमा पक्राउ गर्न सफल हुँदै आएकाे छ । पछिलाे समय शान्ति /सुरक्षा कायम गर्न सिन्धुपाल्चोक प्रहरीको भुमिका उल्लेख्य रहेकाे नागरिक स्थरबाट चर्चा सुरु भएकाे छ ।
बजार क्षेत्रमा हुनेगरेका अपराधी घटनादेखि सवारी दुर्घटना न्युनिकरण गर्न चाेक बजारमा राखिने सिसि क्यामेरा गुणस्तरीय हुनुपर्ने प्रहरी प्रमुख राजन अधिकारी बताउँछन् । यस्ता घटना न्युनिकरण गर्न स्थानिय सरकारले गुणस्तरीय सिसिक्यामेरा जडान गर्दिएमा प्रहरीलाई अनुसन्धान कार्यमा सहज हुने अधिकारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस