२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

हेलम्बु-मेलम्ची क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे छलफल

  • २०७८ पौष २६, सोमबार मा प्रकाशित २ साल अघि
  • पुस २६, २०७८

    चौतारा । हेलम्बु मेलम्ची क्षेत्रको दिर्घकालिन पुनर्निर्माणबारे छलफल भएको छ। सो क्षेत्रको दिर्घकालिन व्यवस्थापनबारे मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलसँग सिन्धुपाल्चोकका प्रदेश सांसद युवराज दुलाल शरदले छलफल गरेका छन्।

    मेलम्ची बाढीबाट क्षतिग्रस्त हेलम्बु-मेलम्ची क्षेत्रको अस्थायी संरक्षणको तत्कालीन र दिर्घकालिन योजनाकाबारेमा छलफल भएको उनले बताए। बाढी प्रभावित क्षेत्रको संरक्षणका लागि तत्काल योजना बनाई आवश्यक बजेट व्यवस्थापन गर्ने सहमति भएको उनले बताए।

    हेलम्बु गाउँपालिकाको चनौटे, किउल, किम्बु र ग्याल्थुम, मेलम्ची नगरपालिकाको तालामाराङ, फट्टे र मेलम्ची बजार, पाँचपोखरी थाङपाल गाउँपालिकाको बरुवा र मेलम्ची बजार पुर्ण रुपमा प्रभावित बनेको थियो।

    जसमा ५ जनाको मृत्यु भयो भने २० जना बेपत्ता भए । प्रारम्भिक अध्ययनअनुसार हेलम्बु र मेलम्चीमा मात्रै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्थानीय तहको तथ्यांक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस