२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

हेलम्बुलाई बेलिब्रिजले ६ महिनापछि सडक सञ्जालमा जोड्यो

  • २०७८ पौष २६, सोमबार मा प्रकाशित २ साल अघि
  • पुस २६, २०७८

    चौतारा । गत असारमा आएको मेलम्ची बाढीले रातोपुल बगाएपछि टुटेको हेलम्बु गाउँपालिका सम्पर्क सञ्जालमा जोडिएको छ। रातोपुलको विकल्पमा ६ महिनापछि बेलिब्रिज निर्माण गरेपछि सडक सञ्जालमा जोडिएको हो।

    मेलम्ची बाढीले इचोकको चनौटेमा रहेको रातो पुल बगाएपछि तीन स्थानीय तहसँग सडक सञ्जाल टुटेको थियो । असार १ पछि साउन १७ मा दोस्रोपटक उर्लिएर आएको मेलम्ची बाढीले हेलम्बुका लागि ‘लाइफलाइन’ मानिएको रातो पुल बगाएको थियो।

    पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।

    रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेपछि पुल बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

    ४२ मिटर लामो पुल गाउँपालिकाको समन्वयमा निर्माण गरिएको हो । नेपाल सरकारको अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि गाउँपालिकाले छिट्टै निर्माण सम्पन्न गर्न पहल लिएको थियो । बेलिब्रिज निर्माणमा नेपाली सेनाका प्राविधिक सहितको टोली खटिएका थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस