२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एमाले सिन्धुपाल्चोक अधिवेशन : यी नेताहरु छन् नेतृत्वको दौडमा

  • २०७८ पौष २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • पुस २३, २०७८

    चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशन आज बाह्रविसेमा हुँदै छ । पार्टीको विधान अनुसार प्रत्येक तीन÷तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान भएता पनि नियमित अधिवेशन हुन सकेको थिएन ।

    जिल्ला नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि नेतृत्व छान्न सकस परेको छ । जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, वर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, गाउँपालिका महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठलगायतले दाबी गरेका छन् ।

    दश बुँदे पक्षधर कमल नेपाललाई नेतृत्व प्रदान गर्ने ‘ग्रिन सिग्नल’ दिएको कुरालाई आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजाले हल्लामात्र भएको बताए । अध्यक्षको दाबी गर्दै आएका केदार क्षेत्रीले आफु कुनै पनि हालतमा पछि नहट्ने बताए । केन्द्रिय महाधिवेशनमा आफुलाई प्रदेश वा जिल्लामा उचित स्थान दिने आश्वासन आएकोले आफु पछि नहट्ने क्षेत्रीको दाबी छ ।

    ओली पक्षबाट जिल्ला अध्यक्षमा होम नारायण श्रेष्ठ र बालकृष्ण देउजाको दौडधुप छ। भने सचिवमा जेपी सिलवाल, चन्द्र थिङ, बिष्णुमती आचार्य आकांक्षी छन्।

    यता, माधव नेपालले पार्टीबाट विद्रोह गर्दा १० बुँदे सहमतिमा एमालेमै रहेका समूहबाट अध्यक्षमा कमल नेपाल, केदार क्षेत्रीले दाबी प्रस्तुत गरिरहेका छन्। उपाध्यक्षमा जरा लामा
    र सचिव कृष्ण गोपाल तामाङ, सोम बम्जन, ईन्द्र तामाङलगायले आकांक्षा व्यक्त गरिरहेका छन्।

    एमाले सिन्धुपाल्चोकमा अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५८७ बाट १०५ सदस्यीय कमिटी बनाउन एमालेलाई फलामको चिउरा चपाउनु सरह छ । ४० वर्ष वढि एमालेमा सक्रिय सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस