पुस २२, २०७८
चाैतारा । सरकारले मेलम्ची खानेपानी आयोजना अस्थायी रुपमा पुर्ननिर्माण गरेर भएपनि चैत मसान्तसम्म काठमाडौं उपत्यकामा पुर्याउने निर्णय गरेकाे छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मेलच्मी खानेपानी आयोजना पुनर्निर्माण कार्यायोजना स्विकृत गर्दै यस्तो निर्णय गरेको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उक्त निर्णय भएको पुष्टि गर्दै भनिन्, ‘खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजना पुननिर्माण कार्ययोजना पेश भएको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्विकृत गर्ने निर्णय भएको छ ।’
खानेपानी मन्त्रालयका अनुसार मन्त्रालयले तयार गरेको मेलच्मी खानेपानी आयोजना पुननिर्माण कार्ययोजनामा चैत मसान्तसम्म अस्थायी रुपमा भए पनि पुर्ननिर्माण गरेर काठमाडौं उपत्यकामा पानी पुर्याउने उल्लेख गरिएको छ ।
मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रालयले केहि दिन अघि नै कार्ययोजना तयार पारेर मन्त्रिपरिष्द बैठकमा पेश गरेको थियो । हामीले चैत मसान्तसम्म अस्थायी रुपमा भए पनि पुर्ननिर्माण गरेर खानेपानी काठमाडौंमा पुर्याउने प्रस्ताव गरेका छौ । त्यसै अनुसार कार्ययोजना स्विकृत भएको हामीले जानकारी पाएका छौ । तर, ठयाक्कै निर्णय भने के भयो आइसकेको छैन । एक दुई दिनमा आइपुग्ला ।’
प्रतिक्रिया दिनुहोस