२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नानीरामकाे परिवारलाई सहयोग हस्तान्तरण कार्यक्रममा जे देखियाे, (तस्वीरसहित)

  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • पुस १८, २०७८

    चौतारा । पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख हस्तान्तरण गरेको छ । स्व. नेपालको ४५औँ पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा (एमाले) बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो । यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट रु २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले हस्तान्तरण गरे।

    सो सभालाई नेकपा (एमाले)का नेता अरुण नेपाल, सरेश नेपाल, बलेफीका अध्यक्ष केदार क्षेत्री, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतले दुःख व्यक्त गर्दै परिवारमा पर्ने अप्ठ्यारोमा साथ दिनका लागि सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे।

    पत्रकार महासंघ र प्रेस चौतारी सिन्धुपाल्चोक शाखाका सहसचिव नेपालको गत मंसिर २ गते ३१ वर्षका उमेरमा निधन भएको थियो ।

    स्वर्गीय पत्रकार नेपालको छोरा र छोरीलाई सदावहार बोर्डिङ खाडिचौरले १० कक्षासम्म निःशुल्क पढाउने विद्यालयकी प्रिन्सीपल दुर्गा थापाले यसअघि नै घोषणा गरिसकेकी छन् ।

    स्व. नेपालको वृद्ध बाबुआमा, श्रीमती, ६ बर्षिया छोरी र डेढ बर्षका छोरा छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस