पुस ७, २०७८
चाैतारा । शिक्षक सेवा आयोगले करिब २६ सय निमावि शिक्षक माग गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षक माग गरेको हो।
सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको छ।
आउँदो १७ चैतमा लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। ६ माघभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्।
प्रतिक्रिया दिनुहोस