पुस २, २०७८
चौतारा । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पुस १ गते बसेको मन्त्रिपरिषद बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृहका अनुसार उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा सरकारले देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस