पुस २, २०७८
चौतारा : नेकपा एमाले बागमती प्रदेश सह-इञ्चार्ज सिन्धुपाल्चोकका दुई नेता परेका छन्।
मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी)अनुसार बागमती प्रदेश सह-इञ्चार्जमा शेरबहादुर तामाङ र अरुण नेपाल चयन भएका छन्।
स्थायी कमिटी समेत रहेका तामाङले बागमती प्रदेश सह-इञ्चार्जको साथै सिन्धुपाल्चोक इन्चार्जको समेत जिम्मेवारी पाएका छन्। बागमती प्रदेश सहइन्चार्ज पाएका नेता पोलिटब्युरो सदस्य हुन्।
यस्तै, सिन्धुपाल्चोक जिल्ला सह-इञ्चार्जमा दावा तामाङ र सरेश नेपाल पनि छन्। तामाङ पूर्वमाओवादी धारका नेता हुन्।
प्रतिक्रिया दिनुहोस