२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

चर्कियो सिन्धुपाल्चोक-काभ्रे सीमा विवाद (तस्वीरसहित)

  • २०७८ पौष २, शुक्रबार मा प्रकाशित २ साल अघि

  • पुस २, २०७८

    चौतारा । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाबीचको सीमा विवाद चर्किएको छ। बिहिवार समाजसेवी तथा अधिवक्ता रोशनराज गिरीको अगुवाईमा भएको एक घन्टे चक्काजाम तथा पत्रकार सम्मेलन गरेर सीमा विवादबारे जानकारी गराइएको छ।

    सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित १ सय घरधुरीको नागरिकले आफुले भोगचलन गरेकको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवा सुविधावाट बञ्चित भएका छन् ।

    स्वर्गिय जनकराज गिरी प्रधानपञ्च हुँदा २०३३ माघ २८ गते राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमी भनि नापी भएकोमा काभ्रे जिल्लामा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकुल निर्णय गरि राज्यकको कर्मचारीलाई नै दवाब र प्रसरमा पारी मालपोत श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरी बताउँछन्।

    रोशनराज गिरीले कानुनी उपचार खोजी न्यायको लागि बढ्दै गर्दा ०७७ साल पौष १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट आफु मातहतको निकायलाई ९ पृष्ठको राय र आवश्यक निर्देशन भएकोका हासम्म पनि भुम्लो गाउँपालिकाले जवरजस्ती नदी किनारामा डोजर प्रयोग गरि अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा जोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझीगाउँको बासिन्दाले बिरोध गरेका छन् ।

    चौतारा साँगाचोकगढी ११ बस्ने तस्वीर माझी भन्छन्, ‘हामी संगै बसोवास गर्ने कयौको परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ ।’

    पीडितहरुको माग सम्वोधनको लागि १ घन्टा चक्काजाम गर्ने क्रममा प्रहरीको समेत हस्तक्षेत भएको थियो । यसरी प्रहरी हस्तक्षेप भएपछि स्थानीयहरु सडकमा झनै आक्रोसित भएका थिए । केहिवेर सवारी आवागमनमासमेत बाधा पुगेको थियो ।

    यसबारे ०७८ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकलाई ध्यानाकर्षण पत्रसमेत पेश गरिएकाे थियाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस