२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

यी भूभागमा शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना

  • २०७८ पौष १, बिहिबार मा प्रकाशित २ साल अघि
  • पुस १, २०७८

    चाैतारा । जल तथा मौसम विज्ञान महाशाखाले शुक्रबार (भोलि) केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

    महाशाखाले बिहीबार मौसमबारे जानकारी दिँदै वर्षा र हिमपात हुने बताएको हो।

    महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने तथा बाँकी भूभागमा आंशिक परिवर्तन रहनेछ। 

    त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही भूभागमा स्यार्र पानी पर्नसक्ने र प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको छ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा मौसम आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।

    आगामी शनिबार दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा र बाँकी पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

    महाशाखाले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस