२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

१८ बर्ष पछि क्याम्पसले पायाे नयाँ नेतृत्व: अध्यक्षमा लामिछाने

  • २०७८ मंसिर २१, मंगलबार मा प्रकाशित २ साल अघि

  • मंसिर २१, २०७८

    खबरज्याेती/ हेलम्बु । हेलम्बु गाउँपालिका-४ मा अवस्थित मेलम्ची भ्याली क्याम्पस सञ्चालन समितिले १८ बर्ष पछि नयाँ नेतृत्व पाएकाे छ । समितिकाे अध्यक्ष साेहि क्याम्पसका पूर्व बिद्यार्थी दिपक लामिछाने निर्वाचित भएकाछन् ।

    आज मंगलबार भएकाे तेस्रो साधारणसभाबाट सर्वसहमतीमा नयाँ समिति निर्वाचित भएकाे हाे । समितिकाे उपाध्यक्षमा साेहि क्याम्पसका निवर्तमान स्ववियु सभापति दिनेश लामिछाने निर्वाचित भएकाछन् । निर्वाचित सदस्यहरुमा कृष्णप्रसाद लम्साल , श्यामसुन्दर लामिछाने , याेगबहादुर अर्याल , शान्ति लामिछाने र गाेमा खड्का रहेकाछन् ।

    १८ बर्ष अगाडि भएकाे दाेस्राे साधारणसभाबाट ३ बर्षकाे लागि डम्बरबहादुर अर्याल अध्यक्षमा निर्वाचित भएकाथिए । अर्याल अध्यक्ष भएदेखि हालसम्म साधारणसभा हुन सकेकाे थिएन । क्याम्पस प्रमुख भीष्मकुमार लामिछानेले साधारणसभाकाे अघिल्लो दिन पदबाट राजिनामा दिई सञ्चालन समितिकाे अध्यक्षमा उम्मेदवारी दिएता पनि उनिकाे पक्षमा सहमति जुट्न सकेन ।

    ६ सय ६५ जना आजिवन सदस्य रहेकाे क्याम्पकाे खातामा हाल २४ लाख रुपैयाँ नगद माैजाद रहेकाे क्याम्पस प्रशासनले जनाएकाे छ । बाढीकाे उच्च जाेखिममा रहेकाे क्याम्पसलाइ क्षति हुनबाट जाेगाउनु र क्याम्पसकाे शैक्षिक गुणस्तर सुधार गरेर बिद्यार्थी आकर्षण बढाउनु आफ्नाे पहिलाे प्राथमिकता रहेकाे नव निर्वाचित अध्यक्ष लामिछानेले बताए । सबैकाे सल्लाह र सहमति लिएर अगाडि बढ्ने उनी बताउँछन् ।अध्यक्ष लामिछाने नेकपा (माओवादी केन्द्र) हेलम्बु गाउँपालिकाका काेषाध्यक्ष हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस