मंसिर १५, २०७८
एजेन्सी : कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा फैलिएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला देखिएको यो भेरियन्ट २० वटा देशमा फैलिएको हो।
भेरियन्टको अनुसन्धान हुनै बाँकी नै रहेपनि विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिइरहेको छ। विश्वका २० देशमा फैलिएपपछि नेपालमा पनि सतर्कता अपनाइएको छ।
नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन्। हालसम्म सार्वजनिक रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ।
दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ।
यस्तै, अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।
डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ रु भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस