२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

माओवादीमा जनताको विश्वास बढेको छ, पहिलो पार्टी बन्‍छौँ : प्रचण्ड

  • २०७८ मंसिर ११, शनिबार मा प्रकाशित २ साल अघि
  • मंसिर ११, २०७८

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन्।

    देशभरको स्थानीय तहको सम्मेलनलाई शनिबार एकसाथ उद्घाटन गर्दै प्रचण्डले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो। हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन। हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ।’

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए। प्रचण्डले भने, संविधान र लोकतन्त्रमाथि ओली गुटले मात्रै होइन। देशभित्र र बाहिरका दक्षिणपन्थी शक्तिहरू लागेका थिए। यो हमलाले माओवादीमाथि र माओवादीको एजेण्डा र नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भएको प्रष्ट भएको छ।’

    ओलीको दुईपटक संसद् विघटन गर्ने प्रयास असफल बनाएर फेरि एकचोटि माओवादी पार्टी विजयी भएको उनको भनाइ छ।

    ‘प्रतिनिधिसभा दुईपटक विघटन हुँदा पहिलोपटक सडकबाट र दोस्रोपटक गठबन्धन बनाएर लाग्यौँ। धेरै जालझेल र षडयन्त्रलाई परास्त गरेर हामी विजयी भएका थियौँ’ प्रचण्डले भने, ‘हामीले क्रान्तिकारी पार्टीको रूपमा समाजवादी पार्टीको रूपमा अगाडि बढाउनुपर्छ। मार्क्सवाद, लेनिनवाद र समाजवादको आधारमा देश र पार्टी संगठनलाई अगाडि बढाउनुपर्छ भनेर संकल्प गरेका छौँ।’

    पछिल्लो समय देशभर माओवादी केन्द्रमाथि जनताको आशा र भरोसा बढेको उनको दाबी छ। ‘माओवादी नै देश परिवर्तनको बहाव रहेछ भनेर जनताहरूलाई लागेको छ। तराई मधेशका जिल्ला मात्रै नभएर हिमाल पहाड सबैका जनताहरूलाई अहिले विश्वास लागेको छ। अहिले जनताको विश्वास बढेको बेलामा हामी पहिलो पार्टी बन्न सक्छौँ। यो हामीलाई अवसर पनि हो’ प्रचण्डको भनाइ छ।

    माओवादी केन्द्र कमजोर भयो भने देश दुर्घटनामा जाने भएकाले कुनै छुट नभएको बताए। देश र जनताको रक्षाको लागि सबै जिम्मेवारी माओवादीकै काँधमा आएको उनको बुझाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस