मंसिर ९, २०७८
चाैतारा : प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएको छ । बिहीबार चौतारामा सम्पन्न पाँचौ अधिवेशनमा दिनेश दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सेन्टरको वरिष्ठ उपाध्यक्षमा दिपक खत्री, उपाध्यक्ष अस्मी स्याङतान, सचिव सुन्दर शिरिष, सहसचिव अर्जुन शर्मा र सम्झना कार्की, कोषाध्यक्ष निर्मल बस्नेत चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा रस्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तीका सापकोटा, बासुदेव गिरी, निशा घिमीरे, सरस्वती नेपाल चयन भएका छन् ।
यसैगरी सल्लाहकार समितिको संयोजक सुरेश कसजु, सदस्यमा जीवन श्रेष्ठ र रामकृष्ण थापा रहेका छन् । सेन्टरको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेश कसजु, जिवन श्रेष्ठ, विदुर गिरी र टिका दाहाल छनौट भएको निर्वाचन समितिका संयोजक तारा श्रेष्ठले बताए ।
प्रदेश अधिवेशन प्रतिनिधिमा भने अशोक पराजुली, रमेश पराजुली, केदार माझी, लालकाजी तामाङ, चन्द्रकला खत्री, बुद्धिप्रसाद आचार्य चयन भएका छन्।
कार्यसमितिमा चयन भएका बरिष्ठ उपाध्यक्ष दिपक खत्री र सहसचिव सम्झना कार्की आजै प्रेस सेन्टरमा प्रवेश गरेका हुन् । खत्री यसअघि प्रेस चौतारी नेपालका सदस्य रहेका थिए ।
चौतारीकै टिकटमा उनी नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक शाखामा उम्मेद्वार भएर विजयी समेत भएका थिए । सहसचिव बनेकी कार्की भने प्रेस युनियन, सिन्धुपाल्चोकको कार्यसमिति सदस्य थिइन् ।
प्रतिक्रिया दिनुहोस