मंसिर ६, २०७८
चाैतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकले १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेकाे छ । साेमबार कांग्रेसकाे १४ अाैँ महाधिवेशन अन्तर्गत भएकाे कांग्रेसको अधिवेशनले कतै सर्वसम्मत कतै निर्वाचन मार्फत नयाँ नेतृत्व पाएकाे छ ।
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये २ स्थानीय तहमा सर्वसम्मत भएकाे छ भने १० स्थानीय तहमा निर्वाचन भएकाे थियाे । चाैतारा साँगाचाेकगढी नगरपालिकामा इन्द्रलाेचन धिताल र जुगल गाउँपालिकामा सगुन श्रेष्ठको नेतृवमा नयाँ कमिटी सर्वसम्मत भएकाे छ ।
सुनकाेशी गाउँपालिकामा भएकाे निर्वाचनमा रुपकाजी लामा ४९ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जगन्नाथ कार्कीले ४५ मत प्राप्त गरे ।
भाेटेकाेशी गाउँपालिकामा देविबहादुर बुढाेथाेकी ५५ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मुके शेर्पाले १३ मत प्राप्त गरे ।
बलेफि गाउँपालिकामा झनक तिमल्सिनालाई पछि पार्दै राजकुमार लामा विजयी भए ।
ययस्तै, बाह्रबिसे नगरपालिकामा शम्भु तिमल्सिना विजयी भएका छन् । तिमल्सिना रमेश तामाङलाई पराजित गर्दै विजयी भए।
त्रिपुरासुन्दरी गाउँपालिकामा माेहनकुमार श्रेष्ठ ८१ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समीर लामाले २१ मत पाएका थिए । पाँचपाेखरी थाङ्पाल गाउँपालिकामा सुर्यबहादुर अधिकारीलाई पराजित गर्दै प्रेम दाेङ विजयी भए ।
हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी ७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सन्च तामाङले ४५ मत प्राप्त गरे ।
मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गरे।
आज स्थागित भएकाे इन्द्रावती र लिसङ्खुपाखर गाउँपालिकामा भाेलि मदातान हुने निर्वाचन समितिले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस