मंसिर ६, २०७८
चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक प्रतिनिधि सभा २ को क्षेत्रीय अध्यक्षमा कुमारी तामाङ निर्वाचित भएकी छिन् ।
आइतबार मेलम्चीमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष फणिन्द्र दाहाललाई पराजित गर्दै तामाङ विजयी भएकी हुन् । तामाङले ७४ मत प्राप्त गर्दा दाहालले ५८ मत ल्याए ।
पार्टीको क्षेत्रीय अधिवेशनमा सहमति हुन नसकेपछि हिजो निर्वाचन भएको थियो । कुल एक सय ९० प्रतिनिधि रहेको सो क्षेत्रमा एक सय ३२ जना प्रतिनिधिले मतदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा पहिलोपटक महिलाले क्षेत्रीय नेतृत्व पाएको हो ।
प्रतिक्रिया दिनुहोस