२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सुकुटेमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ४, २०७८

    चौतारा : अरनिको राजमार्ग अन्र्तगतको बलेफी–सुकुटे सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विपरित दिशाबाट आएको ट्रकले एक मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाह्रबिसेका एकबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

    सोही मोटर साईकलमा सवार आशिष श्रेष्ठ सक्त घाईते भएका छन् । काठमाडौंबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा ५ ख ४२८२ नम्बरको आईचरले काठमाडौं तर्फ जाँदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिएको थियो।

    घाईतेलाई बलेरोमा उपचारको लागि पठाईएको घटना स्थलमा तत्काल पुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले जानकारी दिए ।

    घटना पश्चात ठक्कर दिने आईचर भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टको लागि धुलिखेल लगिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस