२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेस जिल्ला अधिवेशन अनिश्‍चित, लामाको आरोप : बस्नेतले भाँडे

  • २०७८ मंसिर १, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १, २०७८

    चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँरनगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जानै नमानेपछि अधिवेशन अनिश्चित बनेको हो ।

    २ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले मंगलबारका लागि मिति तोकेको थियो । तर, हिजो पनि बाँकी वडामा समेत अधिवेशन हुन सकेन ।

    हिजो वडामा तोकिएका निर्वाचन अधिकृत नै गायव भएपछि वडा अधिवेशन हुन नसकेको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका अन्य वडामा भने गत असोज ५ गते वडा अधिवेशन भएको थियो ।

    वडाकै अधिवेशन अनिश्चित भएपछि तोकिएका गाउँ नगर, प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन पनि अनिश्चित हुने भएको छ । जिल्ला सभापति विकास लामाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा पहुँच भएका र केन्द्रीय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतका कारण अधिवेशन अनिश्चित भएको आरोप लगाएका छन् ।

    उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्विकार गरेका कारण अधिवेशन अनिश्चित भएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस