मंसिर १, २०७८
चौतारा : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध सिन्धुपाल्चोकको चौतारामा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
प्रेट्रोलियम पदार्थको मूल्यवृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने भन्दै अखिल (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरसमितिले बुधबार चौतारामा विरोध प्रदर्शन गरेको हो।
चौतारा बजारमा गरिएको प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) प्रदेश समिति सदस्य एवम् निवर्तमान जिल्ला अध्यक्ष मिलन लामाले निगम भित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरी जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस