२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

गाेकर्ण बिष्टकाे नजरमा प्रचण्ड कलंक, माधव नेपाल सिद्धान्त बिहिन !

  • २०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक १५, २०७८

    चाैतारा : नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले एमाले जनताको पार्टी भएको दाबी गरेका छन्।

    नेकपा एमाले मेलम्ची नगर कमिटीको पहिलो अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विष्टले एमाले विभाजन नभएको भन्दै केही नेताहरु चोइटिएर गएको उल्लेख गरे।

    एमालेलाई कमजोर पार्न प्रचण्डले ठूलो चलखेल गरे पनि सफल नभएको जिकिर गरे। एमाले सिध्याउन धेरै प्रयत्न गरेका प्रचण्डले कलंककाे टीका लगाएकाे भएको आरोप लगाए।

    अहिले पनि माओवादीले कांग्रेससँग गठबन्धन गरिरहेको भन्दै प्रचण्डकै कारण कांग्रेसको रुखको पात सबै झर्ने निश्चित भएको दाबी गरे।

    पार्टीमा केही असमझदारी आउँदैमा पार्टी फुटाउने काममा माधव नेपाल लागेको भन्दै माधव नेपालको पार्टीको कुनै सिद्धान्त, विचार र दृष्टिकोण नभएको पार्टीको संज्ञा दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस