२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पार्टी प्रवेशकाे लहर : एमालेमा पहिराे, माओवादीमा ओहिराे !

  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ११, २०७८

    चाैतारा : सिन्धुपाल्चोक जिल्लाकाे चाैतारा साँगाचाेकगढी नगरपालिकाका एमाले कार्यकर्ताहरुले धमाधम पार्टी छाेड्न थालेका छन् । चाैतारा साँगाचाेकगढी ३ का २३ कार्यकर्ताले सामुहिक रुपमा नेकपा (एमाले ) परित्याग गरि नेकपा (माओवादी)केन्द्र राेजेका हुन्।

    एमालेकाे पकड र माओवादीकाे निकै कमजाेर इलाकाकाे रुपमा रहेकाे चाैतारा ३, खाले बस्तीका एमालेका २३ र नेपाली कांग्रेसकाे २ गरि २५ जनाले माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    नवप्रवेसीहरुलाई चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सल्लाह अमानसिं तामाङले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

    पार्टी प्रवेश गर्नेहरुमा एमालेका कान्छामान तामाङ, सिरे तामाङ, तारा तामाङ, फुलकाजी तामाङ, सुकु तामाङ, विकुलाल तामाङ, रत्नबहादुर तामाङ, मान व. तामाङ, विक्रम तामाङ, बुद्ध तामाङ, सिंग तामाङ रहेका छन्।

    यस्तै, लासाङ तामाङ, लाल काजी तामाङ, सार्की तामाङ, पदम तामाङ, रमेश तामाङ, सार्की तामाङ, सुक तामाङ, बसन्त तामाङ, आकाश तामाङ, निर वहादुर लोप्चन र जिते तामाङ रहेकाछन् । यस्तै नेपाली कांग्रेसबाट कुन्दन लामा र वेलमायाँ लामा रहेका छन् ।

    नवप्रवेसीहरुले नगर प्रमुख तथा माओवादी नेता अमानसिं तामाङ समक्ष आफ्ना टाेल बस्तीका विभिन्न समस्या सुनाउदै समाधानकाे लागि रकम माग गरेका थिए । नगर प्रमुख तामाङले नगरबासीकाे समस्या आफ्नाे पनि समस्या रहेकाे बताउदै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

    माओवादीकाे संगठन समेत बन्न नसकेकाे खालेमा अब बलियाे संगठन बन्ने आधार खडा भएकाे माओवादी केन्द्रका वडा इन्चार्ज श्याम लामाले बताए ।

    पार्टी प्रवेश कार्यक्रम नेकपा (माओवादी) केन्द्र चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ३ काे आयाेजनामा बिहिवार भालुवनमा भएकाे थियाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस