कात्तिक ११, २०७८
चौतारा : जल तथा मौसम पूर्वानुमान महाशाखाअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) समेत तीन दिन (शनिबार) सम्मको सम्भावित मौसमको विवरण सार्वजनिक गरेको छ।
बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार आज बिहीबारसमेत ३ दिनको मौसम अनुमान यस्तो छ–
बिहीबार
दिउँसो : देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
शनिबार

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०र११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो। मौसम सफा भनेको कतै बादल नलागेको अवस्था हो।)
प्रतिक्रिया दिनुहोस