२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘झुक्याएर’ पार्टीमा नेता/कार्यकर्ता भित्र्याउदै एमाले !

  • २०७८ कार्तिक ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ७, २०७८

    चौतारा : नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ। तर, बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ।

    एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन्। यसअन्तर्गत सिन्धुपाल्चोकमा पनि १०३ वटा वडामध्ये शनिबार ९० वटामा अधिवेशन सम्पन्न गरिएको एमालेले जनाएको छ।

    तर, सिन्धुपाल्चोक जिल्लाको केही वडा अधिवेशनमा विवाद देखिएको छ। माओवादी केन्द्रमा रहेका नेता/कार्यकर्तालाई झुक्याएर पार्टी प्रवेश गराउनुको साथै माओवादी नेतालाई वडा अध्यक्ष बनाएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारणले माधवकुमार नेपालले पार्टीबाट ‘विद्रोह’ गरेर एकीकृत समाजवादी पार्टी गठन गएपछि एमाले कमजोर बनेको छ। विभाजनको असर परेको बेलामा एमाले माओवादी नेता कार्यकर्तालाई झुक्याएर आफ्नो पार्टीभित्र ल्याउन खोेजेको आरोप लागेको छ।

    शनिबार देशव्यापी भएको वडा अधिवेशनमा चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा वडा कमिटि अध्यक्षनै ‘झुक्याएर’ बनाएको आरोप लगाएका छन्। एमालेले अध्यक्ष बनाएको रुद्रप्रसाद सापकोटाले शनिबार एक विज्ञप्ती जारी गरेर आफू माओेवादीमै रहेको प्रष्टाएका छन्।

    सापकोटाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेकपा एमालेका जिम्मेवार व्यक्तिहरूले तपाईसँग छलफल छ भनि बोलाएर त्यहाँ नियत बस मलाई झुक्याएर वडा कमिटीको प्रमुख बनाएको जानकारी दिईयो। म लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा सङ्गठित छु, यसरी झुक्याएर मेरो बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँदछु।’

    कुविण्डे सभामुख अग्निप्रसाद सापकोटाकोे गाउँ हो। दशबर्षे जनयुद्धदेखि नै कुविण्डे माओवादी केन्द्रका पकड छ।

    त्यसो त एमालेको बलेफी गाउँपालिका– ७ चिम्लिङमा विकास निर्माणको लागि छलफल गर्ने भनेर बोलाएर पार्टी प्रवेश गरेको भरेर प्रचार गरेका आरोप लागेको छ।

    माओवादी छाडेर बस्ती नै एमालेमा प्रवेश गरेको भन्दै एमालेले प्रचार गरिरहेकोे बेलामा त्यहाँका १० स्थानीयले आफूहरुलाई झुक्याएर पार्टी प्रवेश गरेको भनेर प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्।

    स्थानीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खेतबारीमा धान, कोदो टिप्न जान लागेको बेला विकासको कुरा गर्नु छ भनेर बोएर झुक्काएर पार्टी प्रवेश गरेकोे भनेर गरिएको प्रचारमा हाम्रो पूर्ण रुपमा असहमति छ।’

    उनीहरुले आफूहरुलाई झुक्काएर पाटी प्रवेश गराएको आरोप लगाउँदै माओवादीमै रहेको प्रष्ट पारेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस