कात्तिक ५, २०७८
चौतारा : नेकपा (एकीकृत समाजवादी) पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितीको भेला शनिबार हुने भएको छ।
भेलालाई अध्यक्ष माधव कुमार नेपाल शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्बोधन गर्ने तय भएको छ। शनिबार चावहिलस्थिती ए वान पार्टी प्यालेसमा बिहान ११ः३० बजेको लागि भेला बोलाइएको छ।
सिन्धुपाल्चोकबाट काठमाडौं आई बसोबास गरेका समाजवादीमा आस्था राख्नेहरुलाई भेलामा आउन आह्वन गरिएको छ।
प्रतिक्रिया दिनुहोस