कात्तिक ४, २०७८
चौतारा : संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटा बुधबार आफ्नै जम्मथलो पुगे। चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभामा सहभागी हुुन सभामुख आफ्नो जन्मथलो पुगेका थिए।
दैनिक १५ सय लिटरभन्दा धेरै दूध संकलन गरिरहेको सहकारीको साधारणसभामा बोल्दै सापकोटाले कृषकहरू सधैँ समस्यामा पर्ने गरेको बताए। बेमौसमको वर्षाले किसानलाई अप्ठ्यारो परेको उनले बताए।
यस्तै, संसद्ले छिटै गति लिने बताए। संसद् सञ्चालनका लागि छलफल भइरहेको उनको भनाइ थियो।
संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल लगायत सबैसँग छलफल भइरहेको र छिटै निकास निस्किएर संसद् गतिरोध अन्त्य हुने बताए। विपक्षी दलको आग्रहमा नै संसद्को बैठक २ दिन पछि सरेको र सो दिन संसद् निर्बाध चल्ने आशय सापकोटाले व्यक्त गरे।
तस्बिरमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस