२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची इन्द्रावती सडक अवरुद्ध

  • २०७८ आश्विन ३१, आईतबार मा प्रकाशित ३ साल अघि
  • असाेज ३१, २०७८

    चाैतारा: वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ।

    मोटरबाटोमा शनिबार रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए।

    गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो। बानियाँले मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताए।

    यस्तै‚ मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए।

    हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए।

    असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस